• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण


समायोजन खबर
  • शनिबार, जेष्ठ २४ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर स्याङ्जा,गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन्  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीका थप १७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    नयाँ थपएिकामा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका ८ जना र हरिनास गाउँपालिकाका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका २ जना छन् ।

    सङ्क्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ७५ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।२०७७ जेठ २४ गते बिहान ७ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology