समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित स्थानबाट आएका व्यक्तिहरुको आरडिटि गर्ने र पिसिआरका लागि स्वाव संकलन गर्ने समिति गठन गरेको छ । गाउँपालिकाले हेल्थ असिस्टेण्ट दिपक प्रसाद दाहालको संयोजकत्वमा नौ सदस्यीय कम्युनिटि इन्टिग्रेट कन्ट्याक्ट ट्रेसिङ समिति गठन गरेको हो ।
मंगलबार गाउँपालिकाको सभाहलमा नौ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, स्वास्थ्य संयोजक, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षको बैठकले कम्युनिटि इन्टिग्रेट कन्ट्याक्ट ट्रेसिङ समिति गठन गरेको गाउँपालिकाले जनाएको छ । समितिले गाउँपालिकाको सातै वडाहरुमा बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइनसम्म लैजाने र आरडिटि गर्ने तथा पिसिआरका लागि स्वाव संकलन गर्नेछ ।
भारत तथा तेश्रो मुलुकबाट आएका व्यक्तिहरुलाई हिजोबाट नै फरक–फरक क्वारेन्टाइनमा राख्ने तयारी गरेको गाउँपालिकाले कोरोना विरुद्ध लड्न पूर्व तयारी स्वरुप आज कम्युनिटि इन्टिग्रेट कन्ट्याक्ट ट्रेसिङ समिति गठन गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए। गाउँपालिकाले भारतबाट गाउँपालिका भित्रनेलाई बतासेको भण्डारेघाट र तेश्रो मुलुकबाट पालिका भित्रनेहरुलाई याम्खा स्वास्थ्य चौकीमा बनाइएको क्वारेन्टाइनमा राख्ने तयारी गरिसकेको छ ।
यसैविच, गाउँपालिकामा स्टक रहेको ३५ प्रकारका औषधिहरु सातै वडाका स्वास्थ्य चौकीहरुलाई वितरण गरिएको छ ।२०७७ जेठ २० गते साँझ ६ :१० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology