समायोजन खबर सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।वीरेन्द्रनगर नगरपालिका-१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् ।
सल्यानको दार्मा गाउँपालिका-१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।
यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।२०७७ जेठ २० गते अपरान्ह ३ :३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology