• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आजबाट चार स्थानीय तहमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु

आजबाट चार स्थानीय तहमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु


समायोजन खबर
  • बुधबार, बैशाख ३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा आजबाट र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिने भएको छ । जिल्लाको दक्षिणी क्षेत्रका जन्तेढुंगा, बराहपोखरी, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु गरिने भएको हो । प्रदेश नम्बर १ को समाजिक विकास मन्त्रालयलमार्फत जिल्लाका लागि १ सय २० वटा र्‍यापिड डाइग्नोस्टिक टेस्टको किट उपलब्ध भएसँगै टेष्ट सुरु गर्न लागिएको जनाइएको छ ।

    पहिलो चरणमा चार गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सके लगत्तै ७ बैशाखमा ऐसेलुखर्क र केपिलासगढी गाउँपालिका, ८ बैशाख हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा टेष्ट गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ९ बैशाखमा साकेला गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ शर्माको भनाई छ ।

    र्‍यापिड डाइग्नोस्टिक टेस्टका लागि कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख ववी चाम्लिङ, प्रजिअ पौडेल, प्रहरी नायव उपरिक्षक बामदेव गौतम, जिल्ला अस्पतालका चिकित्सक, ल्याव टेक्निसियन दक्षिणी क्षेत्रको बराहपोखरी लागेका छन् ।

    र्‍यापिड डाइग्नोस्टिक टेस्ट पश्चात नेगेटिभ वा पोजेटिभ जे आउँछ त्यो वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइनेछ ।
    चैत्र महिनामा जिल्लाभरी भारतलगायतका देशबाट आएका १ सय २० जनाको उक्त टेस्टिङ किटमार्फत रगत परिक्षण हुनेछ । जसमध्ये ३५ जना स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा छन् भने अन्य होम क्वारेन्टाइनमा रहेका छन् । र्‍यापिड डाइग्नोस्टिक टेस्ट एक हप्ताको अवधिमा गरि सकिने बताइएको छ । सो किटले १५ मिनेटमै रिजल्ट दिने बताइएको छ । २०७७ बैशाख ३ गते बिहान ८ : १३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology