समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको ‘लकडाउन’का कारण ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई पहिचान गरेर गाउँपालिकाले खाद्यान्नका सामग्री प्रदान गरेको हो ।
गाउँपालिकाका ४९ जना जनप्रतिनिधिबाट विपद व्यवस्थापन कोषमा जम्मा गरिएको एक महिनाको सेवा सुविधावापतको ५ लाख ७६ हजार रकमबाट ९ वडाका २२० असहाय परिवारलाई खाद्यान्न वितरण गरेको हो । वडाबाट सिफारिस भएको आधारमा प्रतिपरिवार ३० केजी चामल, २ थान पाल, ४ डल्ला सावुन, २ पोका तेल र २ पोका नुन प्रदान गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
खोटेहाङ गाउँपालिकाको लिकुवापोखरीका २१ परिवार, वाप्लुखाको २२ जना, सावाकटहरेका २७ परिवार, बड्कादियालेका २५ परिवार, चिप्रिङका १५ परिवार, इन्द्रेणीपोखरीका २५ परिवार, खोटाङबजारका २० परिवार, सिम्पानीका २८ परिवार र लिच्कीराम्चेका ३७ परिवारलाई खाद्यान्न प्रदान गरिएको हो । त्यसमध्ये गाउँपालिकाभित्र आएर ज्यालादारीका काम गरिरहेका अन्यत्रका १७ परिवार छन् । असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलव्ध गराइने राहत सम्वन्धी मापदण्ड २०७६ अनुशार राहत राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा गाउँपालिकाकी उपाध्यक्ष कविता राई नेतृत्वको टोलीले, बड्कादियाले, चिप्रिङ र खोटाङबजारमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई तथा इन्द्रेणीपोखरी, सिम्पानी र लिच्कीराम्चेमा गाउँपालिका अध्यक्ष राई नेतृत्वको टोलीले राहत वितरण गरेको हो । २०७७ बैशाख १ गते दिउँसो २ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology