चिसाङ शेर्पा खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले राहत वितरण थालेको दोश्रो दिन १०६ परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको संम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनले प्रभावित बनेका गाउँपालिकाका अति विपन्न र विभिन्न प्रकृतिका परिवारलाई राहत वितरण गरेकोे हो ।
गाउँपालिकाले असंगठीत श्रमिक वर्ग, दलित सुमदाय, अल्पसंख्यक सिमान्तकृत, एकल महिला(कसैको पनि संरक्षणमा नबसेको), ‘क’ वर्गका अपांग (दलित/अल्पसंख्यकमा नपरेको), सुकुम्वासी र अति विपन्न परिवारलाई राहत दिइरहेको छ । राहत वितरणको दोश्रोे दिन बिहीबार सछितापोखरीका ६७ परिवार र छितापोखरीका ३९ परिवालाई २५ केजी चामल, १ केजी नुन, खाने तेल १ प्याकेट, २ केजी दाल र तरकारी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
राहत गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, सछितापोखरीका वडाध्यक्ष पुर्ण बहादुर खड्कालगायतले वितरण गरेका थिए । गाउँपालिकाले भने पालिकावासीले उत्पादन गरेकै तरकारीजन्य कृषि उपज खरीद गरेर राहतको रुपमा तरकारी पनि वितरण गरिरहेको छ । लकडाउनका कारण साप्ताहिक हाटबजार बन्द गरिएकाले सडेर जाने तरकारीजन्य कृषि उपज खरीद गरेको हो । गाउँपालिकाले डाँडागाउँका कृषकले उत्पादन गरेको २० केजी काउली र ११२ केजी बन्दा खरीद गरेर सछितापोखरी र छितापोखरीका राहत पाउनेलाई तरकारी पनि दिएको हो ।
यसैविच, शुक्रबार डाडागाउँ र छोरम्बु राहत वितरण हुने जनाइएको छ । यसअघि बतासेका १४५ घर परिवारलाई प्रतिपरिवार चामल २५ केजी, २ केजी दाल, १ केजी नुन, १ प्याकेट तेल राहत वितरण गरेको थियो ।
यो पनि,दिप्रुङले थाल्यो राहत वितरण, बतासेका १४५ परिवारले पाए राहत
२०७६ चैत २७ गते राती ८ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology