Samayojan khabar

Advertisment

SKIP THIS

विदेशबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा

विदेशबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा


समायोजन खबर
  • शनिबार, चैत्र १५ २०७६

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बैदेशिक रोजगारीबाट फर्केकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमबाट जोगिन चैत्र १ गतेयता विदेशबाट फर्केकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

    गाउँपालिकाको कार्यालयमा शनिबार बसेको गाउँपालिका स्तरीय समन्वय समितिको बैठकले विदेश गएर आएका व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने र उनीहरुको लागि खानपिनको व्यवस्था गाउँपालिकाले वन्दोवस्त गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्यका लागि बसेको बैठकले औषधी खरिद गरि निशुल्क उपलब्ध गराउने, कोरोना भाइरस रोकथामका लागि अति आवश्यक औषधी तथा उपकरणहरुको व्यवस्थापन गर्ने लगायतको निर्णय पनि गरेको छ ।
    सङ्कटको घडिमा पालिकाभित्रका नागरिकलाई अत्यावश्यक खाद्यन्न सामग्री अभाव हुन नदिने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले स्वास्थ्य चौकी याम्खामा ४० वेडको क्वारेन्टाइन बनाएको छ । हालसम्म साउदी अरब र भारतबाट फर्केका ५ जनालाई त्यस क्वारेन्टाइनमा राखिएको छ ।
    २०७६ चैत्र १५ गते साँझ ६ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology