समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङले दश स्थानीय तहले वैदेशिक रोजगारी र जिल्ला बाहिरबाट घर फर्किएका व्यक्तिको पहिचान गरि समयमै क्वारेन्टाइनमा राखेर जनताको सुरक्षामा ध्यान दिन अपिल गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन/जोगाउन कांग्रेसले सम्बन्धित सवैमा अपिल गरेको हो ।
विदेशमा रहेका नेपालीहरु नेपाल भित्रनेक्रममा यसको संक्रमण हुने जोखिम बढी भएको हुँदा अहिले मुलुकलाई नै ‘लकडाउन’ गराउनुपर्ने बाध्यता आइपरेको कांग्रेसले जनाएको छ । रोग सरेपछि उपचार गर्नुभन्दा सर्न नदिनु नै सवैभन्दा राम्रो उपाय भएकोले एक ठाउँबाट अर्को ठाउँमा आउने जानेक्रमलाई पूर्ण निषेध गरि आफ्नै घरमा सुरक्षित रहने, सरसफाईमा ध्यान पु¥याउने, सामान्य रुघाखोकी भए पनि छुट्टै कोठामा रहने र नजिकको स्वास्थ्य संस्थामा सम्पर्कमा रहेर सतर्कता अपनाउन अपिल गरेको छ ।
यस्तो संघीन घडीमा नेपाली कांग्रेस खोटाङले कोरोना भाईरस संक्रमणबाट आईपरेको विपत्तिलाई एकजुट भएर सामाना गर्न सवैमा सहयोग गर्ने नेपाली कांग्रेस खोटाङका पार्टी सचिव ज्ञानेन्द्र जोशीले बताए । यो समय जस्तोसुकै सहयोग पु¥याउन नेपाली कांग्रेस खोटाङ तत्पर रहेको जोशीले बताए । २०७६ चैत्र १४ गते बिहान १० :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology