Samayojan khabar

Advertisment

SKIP THIS

याम्खा क्वारेन्टाइन : पाँच जनालाई क्वारेन्टाइनमा राखियो

याम्खा क्वारेन्टाइन : पाँच जनालाई क्वारेन्टाइनमा राखियो


समायोजन खबर
  • बिहिबार, चैत्र १३ २०७६

  • स्वास्थ्य चौकी याम्खाको नव निर्मित भवन । यहाँ ४० बेडको क्वारेन्टाइन बनाइएको छ ।

    चिसाङ शेर्पा खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तीन जनालाई क्वारेन्टाइनमा राखेको भोलीपल्ट थप दुईजनालाई क्वारेन्टाइनमा राखेको छ । आज (बिहीबार) दुई जनालाई क्वारेन्टाइनमा राखिएको दिप्रङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    क्वारेन्टाइनमा राखिनेमा छोरम्बुका ३१ वर्षीय परियार, ३८ वर्षीय तामाङ थरका रहेका छन् । उनीहरु तीनदिन अघि भारतको सिक्किमबाट छोरम्बु आएका हुन् । यसअघि भारतको वेष्ट बंगालबाट आएका याम्खाका वस्नेत थरका २२ वर्षीय, भारतको मेघालयबाट आएका याम्खाकै राई थरका ४७ वर्षीय र साउदीबाट आएका विक थरका ३० वर्षीय पुरुषलाई हिजोबाट क्वारेन्टाइनमा राखिएको छ ।

    उनीहरुलाई स्वास्थ्य चौकी याम्खामा निर्माण गरिएको ४० वेडको क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाले वैदेशिक रोजगारी र जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई पहिचान गरि क्वारेन्टाइनमा राखेको होे । क्वारेन्टाइनमा बसेकाहरुको लागि गाउँपालिकाले खानपिनको व्यवस्था मिलाएको छ ।

    क्वारेन्टाइनमा आवश्यक पर्ने व्यवस्था मिलाएर २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको छ । पालिका प्रवेश गर्ने ४ वटा नाकाहरुमा पनि हेल्थ डेस्क स्थापना गरेर कडाइका साथ चेकजाँच भइरहेको जनाइएको छ ।
    २०७६ चैत्र १३ गते अपरान्ह ३: ३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology