• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमित युवतीसँगै फर्केका खोटाङका दुई जनाको पहिचान खुल्यो

कोरोना संक्रमित युवतीसँगै फर्केका खोटाङका दुई जनाको पहिचान खुल्यो


समायोजन खबर
  • बुधबार, चैत्र १२ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमार्फत फर्किएका खोटाङका दुई जनाको पहिचान भएको छ । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठ्माण्डौं आएकी संक्रमित युवतीसँगै केपिलासगढी गाउँपालिका र जन्तेढुंगा गाउँपालिका–३ काहुलेको रहेको खुलेको छ ।

    केपिलासगढी गाउँपालिकाका एक जना सुनसरीस्थित धरानमा क्वारेन्टाइनमा बसिसकेको र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका एक जनालाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । हाल घरैमा बसिरहेका युवाको स्वास्थ्य अवस्था बुझ्न र क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्ने व्यवस्थाका लागि जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राई, मेडिकल अधिकृत सरोजकुमार शाह लगायतको टोली काहुलेतर्फ गएको छ ।

    क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो । युवतीसँगै नेपाल आउनेमध्येमा दुई जना खोटाङका थिए ।२०७६ चैत्र १२ गते राती ८ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology