• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना त्रास : तयारी जुटाउदै, पाथेका घट्ना हल्ला मात्रै

कोरोना त्रास : तयारी जुटाउदै, पाथेका घट्ना हल्ला मात्रै


समायोजन खबर
  • मंगलबार, चैत्र ४ २०७६

  • कोरोना (कोभिड–१९) रोकथाम बारे पत्रकार सम्मेलनमा जानकारी गराइदै । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) बाट बच्नका लागि खोटाङमा तयारी तीव्र रुपमा जुटिरहेको छ । मंगलबार जिल्ला अस्पताल दिक्तेलमा पत्रकार सम्मेलन गर्दै कोरोनाबाट बच्न र संम्भावित लक्षणहरु चेकजाँचका लागि सकिनेसम्मका तयारी भईरहेको जानकारी गराएको छ ।

    जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणबाट बच्न र बचाउनलाई कोरोना सम्बन्धि अन्तरक्रिया गरिएकोे, संक्रमितको शंका लागेमा केही समय अलग्गै राखेर चेकजाँच गर्ने ३ बेडको आइसोलेसन कक्ष तयारी गरेको, १० वटा पालिकाहरुमा कोरोना सम्बन्धि सचेतना अपनाउन निर्देशन दिएको जानकारी गराएको छ । चेकजाँचका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री १० थान खरीद गर्न जनशक्ति परिचालन गरिसकिएको र जिल्ला भित्रने नाकाहरुमा हेल्पडेस्क राख्न आवश्यक सामग्रीहरु जुटाइरहेको जनाएको छ ।

    स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री खरीदका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आवश्यक खर्चको व्यवस्था गरेको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष बबि चाम्लिङले बताए । त्यसबाहेक अन्य सहयोगका लागि स्वास्थ्य सेवा विभाग र सामाजिक विकास मन्त्रालयलाई सहयोग माग गरिएको र त्यस कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता आएको अध्यक्ष चाम्लिङले बताए ।

    व्यक्तिगत सुरक्षा सामग्री खरीदका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्य र स्वास्थ्य कार्यालय दिक्तेलका कोल्चेन निरिक्षक कृष्ण बहादुर मल्ल राजधानी पुगेको छ । उनीहरुले सामान खोज्ने र खरीद गर्ने काम गरिरहेको छ । कोरोना जाँचका लागि जयरामघाट, हलेसी, रेग्मीटार, चखेवाभन्ज्याङ, वंशिलाघाट, लामिडाँडा विमानस्थलमा हेल्पडेस्क राख्नका सम्बन्धित पालिकाले बजेट र सामग्रीहरु जुटाइरहेको स्वास्थ्य कार्यालय दिक्तेलका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए । बजारमा सामान पाउन मुस्किल भएकाले पाईनेसम्मका सामग्रीहरु खरीद भइसकेको र वाँकी सामानहरु खरीदका लागि प्रक्रिया भईरहेको प्रमुख सिग्देलले बताए ।

    यसैविच, खोटाङको पाथेकामा एकजना पुरुष व्यक्तिमा कोरोना संक्रमण भएको भन्ने खबर निराधार भएको समेत जानकारी गराएको छ । चिनबाट फर्केका ति व्यक्तिमा कोरोनाको कुनै पनि लक्षण नभएको स्वास्थ्य कार्यालय दिक्तेलले जनाएको छ । पाथेकाको घट्नाका वारेमा आफू स्वयंम पुगेर बुझेको र अनावश्यक हल्ला भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । ति व्यक्ति चिनबाट फर्कदा चिन र नेपालको विमानस्थलमा चेकजाँज गर्दा कोरोना संक्रमण भेटिएको थिएन । अहिले पनि कोरोना संक्रमण नभएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलेले बताए । कोरोनाको हल्लाबाट आतंकित नभई सचेत बन्न समेत आम नागरिकलाई आग्रह गरिएको छ ।
    २०७६ चैत्र ४ गते दिउँसो २ : ३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology