• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङमा पहिलो पटक दलित वचत तथा ऋण सहकारी संस्था

दिप्रुङमा पहिलो पटक दलित वचत तथा ऋण सहकारी संस्था


समायोजन खबर
  • सोमबार, चैत्र ३ २०७६

  • सहकारी संस्थाको उद्घाटन गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई लगायत ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पहिलो पटक ‘दलित वचत तथा ऋण सहकारी संस्था’ स्थापना भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम ‘एक वडा, एक दलित सकारी संस्था’ अन्तर्गत छोरम्बुमा सहकारी संस्थाको स्थापना गरिएको हो ।

    गाउँपालिकामै दर्ता भएर स्थापना भएको सहकारी संस्थाको सोमबार दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कायक्रम अन्तर्गत स्थापना भएको सहकारीमा गाउँपालिकाको ५० हजार बिउ पुँजी रहको आईटी अफिसर मणिचन्द्र र्राइले जानकारी दिए ।

    स्थानीय पदम बहादुर परियारको अध्यक्षतमा ७ सदस्यीय सञ्चालक समिति रहेको सहकारीमा हालसम्म ४२ वटा शेयर संख्या रहेको छ । गाउँपालिकाको बिउ पुँजी, शेयर, बचत गरी जम्मा ७१ हजार १२० रुपैयाँ सहकारीसँग पुँजी रहेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार यसैगरी वाँकी ६ वडाहरुमा पनि सहकारी संस्था स्थापना गरिने गाउँपालिकाले जनाएको छ ।

    छोरम्बुमा सहकारी संस्था स्थापना भएर सञ्चालनमा आएपछि दलित समुदायमा बचत गर्ने बानी बढेर गएको छ । सहकारीले बचत गर्न सिकाउने, अनावश्यक खर्च गर्ने पैसा सहकारीमा जम्मा गर्नेजस्ता चेतना अभिबृद्धि गर्नमा सहकारीले मद्दत पु¥याउने गाउँपालिका अध्यक्ष राईले बताए ।
    २०७६ चैत्र ३ गते दिउँसो ४ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology