समायोजन खबर खोटाङ,
खोटाङमा विभिन्न कार्यक्रम गरी ७० औं प्रजातन्त्र दिवस मनाउने तयारी गरिएको छ । जिल्ला समन्वय समिति खोटाङको अगुवाईमा जिल्लामा बिरामीलाई फलफुल वितरण, दिप प्रज्वलन, बजार परिक्रमा, बक्तृत्वकला प्रतियोगीता लगायतका कार्यक्रम गर्दै प्रजातन्त्र दिबस मनाउने तयारी गरिएको हो ।
सोमबार आयोजित बैठक अनुशार मंगलबार ४ बजे जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण, बुधबार बिहान ७ बजे बजार परिक्रमा, मंगलबारदेखि बिहिबारसम्म सरकारी कार्यालय र नागरिक समाजकातर्फबाट दिप प्रज्वलन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए ।
प्रजातन्त्र दिवसकै अवशरमा जिल्ला निर्वाचन कार्यालयले ‘निर्वाचन र लोकतन्त्र’ विषयक माबि स्तरिय बक्तृत्वकला प्रतियोगीता सञ्चालन गर्ने तयारी गरेको छ ।२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
२०७६ फागुन ६ गते बिहान ९ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology