चिसाङ शेर्पा खोटाङ,
सडक दुर्घट्नामा ज्यान गुमाएका विधार्थी नेता मिलन राईको तेश्रो स्मृति सभा मनाइएको छ । मिलन राई स्मृति प्रतिष्ठानको आयोजनामा काठमाण्डौ कोटेश्वरमा सोमबार तेश्रो स्मृति सभा मनाइएको हो ।
स्मृति सभा कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ज्यान गुमाएका विधार्थी नेता राईलाई सम्झदै मिलन राई स्मृति अक्षयकोष स्थापना भए पनि लक्ष्य अनुसार प्रगती नभएकोमा चिन्ता व्यक्त गर्दै यसलाई पूरा गर्न आग्रह गरेका छन् । निर्माणाधिन मिलन राई स्मृति पार्कलाई पूर्णता दिलाउन पनि भट्टराईले अनुरोध गर्नुभएको प्रतिष्ठानका अध्यक्ष पदम थुलुङले जानकारी दिए ।
को हुन् मिलन
गाउँदेखी जिल्ला अनि केहीमात्रामा राजधानीमा समेत आफ्नो अलग पहिचान बनाई सकेका खोटाङको रावावेंशी गाँउपालिका–३ लामिडाडाँका मिलन राई साविक एमाले निकट कुशल बिधार्थी नेता थिए । नाममात्रै मिलन नभएर उनी वास्तवमै व्यवहारमा पनि मिलन, मिलनसार, ईमान्दार साथी, दाई भाई र परिवारको कान्छो छोरा अनि बुबा–आमाको पनि अभिभाबक थिए ।
चिउरीवासमा २०४६ सालमा पिता जय बहादुर राई र माता अरुणादेवी राईको कोखबाट कान्छा छोराको रुपमा जन्मिएका मिलनसँग उनकै परिवारले बिताएका दिनहरु पनि चाखलाग्दा र यादगार छन् । परिवारको माईलो छोराले हुर्काएका साहिला पदम थुलुङ र कान्छा छोरा मिलन हो । उनी दुईमध्ये बाबा आमाले भन्दा दाईले वढी कर्म र कर्तब्य सिकाएकामा मिलन पर्छन् । मिलन सानैदेखी जिद्दी स्वभाबका थिए । भनिन्छ ‘घरका कान्छा छोराछोरी स्वभावैले घमण्डी हुन्छन् । उनीमा पनि त्यही पहिचान यथावत थियो ।’
बिश्वज्योती माविबाट प्रबेशिका परिक्षा उतिर्ण गरी दिक्तेल बहुमुखी क्याम्पसमा आफ्नो पढाई सकेर आरआर कलेज काठमाण्डौमा दोश्रो वर्ष मास्र्टड अध्ययन गर्दै गरेका मिलन सवैको केन्द्रविन्दु थिए । काठमाण्डौमा चियागफदेखी राजनीतिगफमा समेत मिलनको खोजी हुने गर्दथ्यो । अझैसम्म पनि विश्वासनै गर्न सकिन्न मिलनको मृत्युको खबर, ति चिया पसल र पसलेसँगको भलाकुसरीमा, उनका संङगीहरुको बोलीमा तर, आज मिलन यस दुनियाँमा छैनन् ।
२०६२ सालबाट अनेरास्ववियुको राजनीति गरेका मिलन विधार्थी नेता मात्रै थिएनन् । कुशल अभिभवाक पनि थिए । घर खर्चदेखी चाडवाडमा घरमा चाहिने सरसामानहरुको बन्दोबस्त गर्न माहिर थिए । उनले बाबा आमालाई साथमा राखेर घर ब्यवहार चलाउने गर्दथे । गाउँघरका युवायुवती देखी बुढापाकासम्म उनीसामू पारिवारीक, ब्यक्तिगत सल्लाह माग्न घरमा आउने गर्दथ्यो । सवैले के कसो हो मिलन भनेर सल्लाह माग्दथे उनी, निर्धक्क सल्लाह सुझाव दिन्थे । सानोठूलो तँ, म कहिले गरेनन् ।
अनेरास्ववियु केन्द्रिय सदस्य तथा पुर्व अध्यक्ष, २०७० सालमा हालका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईका स्वकीय सचिव राई घरको कान्छो छोरा भए पनि उनी घरमुलीझै थिए । पढाई, घर व्यवहारको दौडधुप अनि राजनीतिसम्म भ्याउने मिलन जब २०७३ साल माघ २५ गते काठमाण्डौबाट दिक्तेल आउनलाई स्कुटर चढेर खोटाङतर्फ लागे बिडम्बना उनको बाटोमै दुर्घट्ना भयो । जिल्लामा आमाबुवा, दाई, आफन्त अनि साथीसङगी भेट्न बाटो लागेका मिलनको भक्तपुरको चारदोबाटोमा स्कुटर दुर्घट्ना भयो । पेटमा घम्भीर चोट लागेका मिलनलाई तत्काल भक्तपुर अस्पताल लगियो त्यहाँ अपरेशन गर्न मानेन्, अन्नपुर्ण न्युरो अस्पताल लगियो पेट सम्बन्धी गहिरो चोट भएकाले त्यहाँ पनि केही भएन अनि राष्ट्रिय ट्रमा सेन्टरमा मिलनलाई लगियो अन्ततः मिलनले त्यहीबाट सबैलाई छोडेर सदाका लागि बिदा भए । खोटाङ आउने बाटोले उनीलाई पर्खीरहे तर, उनी आँखा खोलेर कहिल्यै आउन सकेनन् । बरु सधैको लागि चिर निन्द्रामा खोटाङ आए ।
जिल्लामा मिलनको निधनको खबर ह्वात्तै फैलिन थाल्यो, सामाजिक सञ्जालमा त्यस्तै हुंदै गयो । खबर छरप्रस्ट हुंदासम्म कोही, कसैले बिश्वास गरीरहेका थिएनन् । तर, त्यो धुब्रसत्य थियो । सहनुनै थियो । सारा गाउँलेलाई सत्मार्गमा हिडाउँने मिलनले संसार त्यागे भन्दा सिङगो गाउँ शोकमा डुब्यो, मिलनका पार्थिव शरीरलाई गाउँमा ल्याउनभन्दा अगाडी राजधानीस्थित साविक एमाले पार्टी कार्यलयमा श्रदाञ्जलीका लागि राखियो पार्टीले बाँच्दाभन्दा मरेपछी ठूलो सम्मान ग¥र्यो । सोही दिन हेलिकोप्टर मार्फत मिलनको पार्थिव शरीर गाउँमा ल्याईएपछी श्रदाञ्जलीका निम्ति शुभचिन्तक, साथी, नेता, कर्मचारीले पार्थिव शरीरमाथी सम्मान चढाए । मिलन चिर निन्द्रामा सम्मान ग्रहण गरीरहे, गरीरहे ।
२०७२ सालमा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य पद जितेका मिलनले २८ वर्षभन्दा माथीको जिवन जिउन पाएनन् । कलकहलाउदो जवानी साट्न पाएनन् । विधार्थी जिबनबाट नै नजिकवाट चिनेका उनका साथीहरु मिलनलाई मिलनसार, भलाद्मी साथीको संज्ञा दिन्छन् । उनको सम्झनामा ‘मिलन राई स्मृती प्रतिष्ठान’ स्थापना गरिएको दाई पदम थुलुङले बताए । अनेरास्ववियु पुर्व अध्यक्ष ओमप्रकाश घिमिरेका अनुसार ‘उनी ईमान्दार, बफादार विधार्थी नेता हुन् । अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यका निम्ती हामीविच चुनावी प्रतिस्पर्धा भएको थियो उहाँले जित्नु भो तर, हामीमा दरारपन कहिल्यै आएन । घिमिरेले भने, हामीविच गहिरो सम्बन्ध थियो, सम्बन्ध त आज पनि छ तर, मिलन जि हुनुहुन्न । एक हिसाबले उहाँ जिद्दी स्वभाबका थिए, उसले जे चाहान्थ्यो त्यही गथ्र्यो, जे बोल्थ्यो त्यही पुरा गथ्र्यो तर, उसले मृत्युलाई टार्न सकेन ।
२०७६ माघ २८ गते बिहान ८ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology