चिसाङ शेर्पा खोटाङ,
महाभुकम्प पछाडी खोटाङमा पुनर्निर्माणतर्फ ३९ वटा सामुदायिक विद्धालय भवनहरु बनेका छन् । २०७२ सालको भुकम्प र पराकम्पपछि क्षति पुगेका २ सय ७२ विद्धालय भवनहरुमध्ये दुई आर्थिक वर्षमा ८/८ र अर्को आर्थिक वर्षमा २३ वटा अपांगमैत्री र महिलामैत्री विद्धालय भवन पूर्णरुपमा निर्माण सम्पन्न भएका हुन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा विद्धालय व्यवस्थापन समितिलाई सम्झौता गरेर ९/९ वटा दिएको भवनहरु मध्ये आर्थिक वर्ष २०७३/०७४ मा मालिकादेवी मावि बाहुनीडाँडा, महेन्द्रोदय मावि याम्खा, सरस्वती आधारभूत विद्धालय लिकुवापोखरी, जय सरस्वती आधारभूत विद्धालय टेम्मा, जालपादेवी आधारभूत विद्धालय डम्र्बखुशिवालय, सिम्ले मावि जलेश्वरी, हिमगंगा आधारभूत विद्धालय राजापानी, दुधकोशी आधारभूत विद्धालय वडहरेको भवन निर्माण सम्पन्न भएको इकाई प्रमुख बाबुराम पोखरेलले बताए । सितला आधारभूत विद्धालय दोर्पाको भवन भने निर्माण सम्पन्न हुन वाँकी छ ।
आर्थिक वर्ष २०७४/०७५ भित्रमा महेन्द्रोदय आधारभूत विद्धालय याम्खा, पिपलटार आधारभूत विद्धालय च्यास्मिटार, जगदम्बा मावि खिरी बुईपा, जनचेतना आधारभूत विद्धालय लफ्याङ, भूमेस्थान आधारभूत विद्धालय जालपा, कालिका आधारभूत विद्धालय कुभिण्डे, पञ्चावतीदेवी आधारभूत विद्धालय बेता बाहुनीडाँडा, जालपा आधारभूत विद्धालय वाप्लुखाको विद्धालय भवन निर्माण सम्पन्न भएका छन् । वालवालिका आधारभूत विद्धालय कर्कले दोर्पाको भवन भने निर्माण सम्पन्न हुन वाँकी छ ।
यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा वितरण गरिएका ८६ वटा विद्धालय भवनहरु मध्ये २३ वटा भवन निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३९ वटा भवनहरु दुई कोठे, तीन कोठे र चार कोठे छन् । अन्य भवनहरुको भौतिक र वित्तिय काम तीव्ररुपमा भईरहेको छ । १ सय ६८ वटा विद्धालय भवनहरु भने क्रमशः बन्ने इकाई प्रमुख पोखरेलले बताए ।
यसैगरी, आर्थिक २०७५/०७६ मा ४५ वटा अपांगमैत्री र महिलामैत्री शौचालय निर्माण भईरहेको छ । बन्ने शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न र लगाउन/फेर्न सक्नेछन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले चारकोठे भवन निर्माणका लागि ७० लाख ४० हजार, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार, दुईकोठे भवन निर्माणका लागि २३ लाख ९० हजार र शौचालय निर्माणका लागि १५ लाख बजेट दिएको छ । विद्धालय भवनहरु राष्ट्रिय पुर्ननिर्माणको डिजाईन र ड्रोइङ अनुसार एकैखाले बनिरहेको छ ।
२०७६ माघ १६ गते अपरान्ह ३ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology