• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुईचुम्मा गाउँपालिका :भुक्तानीमा कडाइ गर्दा साँढे दुई करोड फिर्ता

दिप्रुङ चुईचुम्मा गाउँपालिका :भुक्तानीमा कडाइ गर्दा साँढे दुई करोड फिर्ता


समायोजन खबर
  • बिहिबार, माघ ९ २०७६

  • सार्वजनिक सुनुवाईमा प्रश्नको जवाफ दिंदै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई ।

    समायोजन खबर खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा भुक्तानीमा कडाई गरेर विभिन्न योजनाबाट २ करोड ६३ लाख ६० हजार २७५ रुपैयाँ सञ्चित कोषमा जम्मा गरेको छ ।

    बुधबार गाउँपालिमा आर्थिक वर्ष २०७५/०७६ तथा २०७६/०७७ को हालसम्मको आयव्याय तथा प्रगतीको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु खाताबाट १ करोड ४० लाख ३१२, केन्टेन्जेन्सीबाट २४ लाख ९९ हजार ८१० रुपैयाँ र पुँजीगत खाताबाट २ करोड ७२ लाख ५३ हजार ७७६ रुपैयाँ गरी ४ करोड ३७ लाख ५३ हजार ८९८ रुपैयाँ सञ्चित कोषमा जम्मा भएको जानकारी दिएको हो ।

    प्रदेश सरकारबाट प्राप्त नभएको २३ लाख ४५ हजार ३७ रुपैयाँ र संघीय सरकारबाट प्राप्त नभएको १ करोड ४८ हजार ५८५ रुपैयाँको सट्टामा खर्च गर्दा पनि साँढे दुई करोडभन्दा बढि रकम सञ्चित कोषमा जम्मा भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । विभिन्न योजनामा हुने खर्चमा कडाई गरेर सञ्चित कोषमा जम्मा भएको रकम पुःन हिउँदे गाउँसभाबाट विनियोजन गरिने अध्यक्ष राईले बताए ।
    २०७६ माघ ९ गते राती ८ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology