योगिन राई काठमाण्डौ,
नेपाली फिल्मक्षेत्रका कलाकारहरु फिल्मसँगै म्युजिक भिडियोमा समेत ब्यस्त रहेका छन् । छोटो समयमै छायाँकन सकिने साथै मोटो रकम हात पर्ने हुँदा कलाकारहरुले यस क्षेत्र रोज्ने गरेको पाइन्छ । उनिहरुले अभिनय गरेको म्युजिक भिडियोले सफलता समेत पाइरहेका छन् । जसमा अघिल्लो पुस्ताका कलाकारहरु भुवन केसि, राजेश हमाल, धिरेन शाक्य, करिश्मा मानन्धर, दिलिप रायमाझि लगायतले केहि म्युजिक भिडियोमा अभिनय गरेका छन भने पछिल्लो पुस्ताका पल शाह, पुष्प खडका, प्रियंका कार्की, वर्षा राउत, वर्षा शिवाकोटी, आँचल शर्मा लगायत कलाकारहरु त म्युजिक भिडियो हुदै फिल्मक्षेत्रमा समेत प्रबेश गरेका हुन ।
पछिल्लो समय नाजिर हुसेन, शिल्पा मास्के लगायत पनि यसै क्षेत्रमा रमाइरहेका बेला अर्की अभिनेत्री साम्राज्ञी, आर एल शाह पनि म्युजिक भिडियोमा देखिने भएकी छिन् । उनले सामाजिक सञ्जालमा केहि फोटो पोस्ट गर्दे जानकारी गराएकी छिन् । पछिल्लो फिल्म रातो टिका निधारमा रिलिजपश्चात फुर्सदमा रहेकी साम्राज्ञीले आफ्नै आमा नेहा आरएल शाहले गाउनु भएको तिमि र म बोलको गितमा मोडलिङ गर्न लागेका हुन । र उनले पहिलोपटक अभिनय गरेको यस भिडियोले कस्तो सफलता पाउने हो आगामी दिनमा पक्कै थाहा हुनेछ ।
२०७६ माघ ७ गते अपरान्ह ४ :१४मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology