समायोजन खबर खोटाङ,
खोटाङमा विद्युत सर्ट भएर आगलागी हुँदा ४८ लाख बराबरको धनमाल नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ रमितेडाँडाका गोपी कट्वालको दुई तले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख नगद, अन्नपात, काठपात लगायत जल्दा ४८ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान पौने ८ बजे भएको आगलागीमा कट्वालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।
आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएर अन्य घरलाई आगोबाट जोगाइएको थियो । अग्नी पिडित कट्वाल सामुदायीक सेवा केन्द्र दिक्तेलका ईन्चार्ज एबं प्रहरी सहायक निरिक्षक हुन् । नजिकै नयाँ आरसिसि घर बनाए पनि कट्वाल परिवार पुरानै घरमा बस्दैआएका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology