• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाख्रापालनमा रमाउँदै वडाध्यक्ष ढकाल

बाख्रापालनमा रमाउँदै वडाध्यक्ष ढकाल


समायोजन खबर
  • सोमबार, पौस १४ २०७६

  • आफूले पालेको बाख्राका साथमा वडाध्यक्ष बिरेन्द्र ढकाल ।

    राजन ठटाल खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का वडाअध्यक्ष बिरेन्द्र ढकाल बाख्रापालन गरेर आत्मानिर्भर बनेका छन् । ढकाल २०७२ सालदेखि व्यवस्थित तरिकाले कालिका बाख्रा फर्म दर्ता गरेर वाख्रापालन गर्दै आएका हुन् ।

    वडाध्यक्ष ढकालले ४ वटा बोयर जातका बाख्रासहित ५५ वटा बाख्रा पालेका छन् । १ हजार बढी बाख्रा पु-र्याउने उनको लक्ष्य छ । ५ रोपनी जग्गामा बाख्राको लागि व्यवस्थित तरिकाले घास लगाएका छन् । ढकालले बाख्रा सहित ९ रोपनी जग्गामा केरा, अनारस, रुख कटहर पनि लगाएका छन् ।

    नेपालमा राजनीति गरेर मात्र हुदैन राजनीति गर्न कुनै पेशा वा व्यवसाय आवश्यक पर्छ । यो भयो भने मात्र राजनीति गर्न सकिन्छ, नत्र राजनीतिकलाई सेवामा बद्ल्न सकिन्दैन । वडाध्यक्ष ढकालले आफ्नो अनुभव सुनाए । किनकी जनताको सेवाभन्दा बढि पैसामूखि हुने भएकाले राजनीतिकर्मीलाई कुन नै कुनै व्यवसाय चाहिन्छ ।

    नेपाल कृषिप्रधान देश हो तर, पछिल्लो समय कृषी पेशालाई मान्छेले छोड्दै गए । म वडाको अविभावक भएकाले गर्दा पनि मैले गरेको कृषि पेशा देखेर वडाबासीहरुले बिभिन्न फर्म दर्ता गरि व्यवस्थित तरिकाले जिबिकोपार्जन गर्न थालेका छन् । बाख्रा पालन र फलफुल बेचेर बार्षिक १५ लाख भन्द बढि आम्दानी गर्ने गरेको ढकालले बताए ।
    २०७६ पुस १४ गते मध्यान्ह १ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology