काठमाडौं । एन ए जिरो फोर एट नम्बरको नेपाली सेनाको विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।

यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।
त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ ।

विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् विमान दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ
भने अन्य क्षतिहरुको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
@news24
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology