• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपनिर्वाचनका लागि वडाको नाकामा कडाई

उपनिर्वाचनका लागि वडाको नाकामा कडाई


समायोजन खबर
  • शुक्रबार, मंसिर १३ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    मतदानको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको नाका ‘शिल’ गरिएको छ । शनिबार रिक्त वडाध्यक्षको पदपुर्तिका लागि हुन गइरहेको निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर खिदिमाको चारैतर्फका गौंडा तथा नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।

    यो पनि

    उपनिर्वाचन : नेकपा र कांग्रेसको विवाद सुल्झियो

    खिदिमाको छिमेकी वडा तथा छिमेकी गाउँपालिकाबाट भित्रिने स्थानीयको आवत–जावतमा कडाई सुरु गरिएको छ । खिदिमामा हुने निर्वाचनको सुरक्षाका लागि भोजपुर र खोटाङको पानधारे, तावाभञ्ज्याङ, लिकुवापोखरी, मानेभञ्ज्याङ लगायतका नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  यस्तै, मतदानस्थलको सुरक्षार्थ पनि छुट्टै सुरक्षाकर्मी परिचालन भएका छन् । उपनिर्वाचनका लागि खिदिमामा सिद्धेश्वरी माबिमा ‘क’ र ‘ख’ मतदान केन्द्र तोकिएका छन् ।
    २०७६ मंसिर १३ गते साँझ ७ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology