• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज

नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज


समायोजन खबर
  • सोमबार, कार्तिक ४ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाडौं,

    राष्ट्रिय गौरवको योजनामा समेटिएको नौबीसे–नागढुंगा सुरुङमार्गको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्न लागेका हुन् ।

     

    जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा बनाउन लागिएको सुरुङमार्गको निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको छ । २.७ किलोमिटर लामो हुने यो सुरुङमार्ग काठमाडौंतर्फ थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भइ धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुने छ ।

    सुरुङमार्ग बनेपछि नौबीसे–नागढुंगा क्षेत्रको जाम अन्त्य हुने र यात्रा पनि छिटो हुने बताइएको छ । हाल नौबीसेबाट काठमाडौं आइपुग्न झण्डै दुई घण्टा लाग्छ । सुरुङमार्ग बनेपछि नौबीसेबाट २० मिनेटमै काठमाडौं आइपुगिने छ । शिलान्यासपछि केही तयारी सकेर निर्माणकार्य अघि बढाइने नागढुंगा–नौबीसे सुरुङ मार्गका प्रमुख श्यामकृष्ण खरेलले बताए । सुरुङ मार्ग निर्माणको जिम्मा चिनियाँ कम्पनी हाजमा–आन्दो जेभीले पाएको छ ।

    २०७६ कार्तिक ४ गते बिहान ८ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology