• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पार्किङ गरेर राखेको नौ वटा मोटरसाइकल र चार साइकलमा आगजनी

पार्किङ गरेर राखेको नौ वटा मोटरसाइकल र चार साइकलमा आगजनी


समायोजन खबर
  • बिहिबार, असोज २३ २०७६

  • समायोजन खबर धनुषा,

    जनक नन्दनी गाउँपालिका–३ मा पार्किङ गरेर राखिएको नौ वटा मोटरसाइकल र चार वटा साइकल जलेर नष्ट भएको छ । सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहित नौ जनाको मोटरसाइकल र साइकल जलेको प्रहरीले जनाएको छ । चार वटा नेपाली, चार वटा भारतीय र एउटा वडाध्यक्ष चढ्दै आएको सरकारी नम्बर प्लेटको मोटरसाइकल र अन्य चार ओटा साइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन थापाले जानकारी दिनुभयो ।

    बुधबार राति करिब ३ बजे मोटरसाइकल जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा बिजुलीको तारसमेत चुँडिएको देखिएकाले बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

    २०७६ असोज २३ गते बिहान ११ : ३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology