जनकपुर, जेठ ७ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोश्रो चरणको चुनावमा सम्पूर्ण मधेसवादी दलहरु एक भएर जानुपर्ने बताउनुभएको छ । आइतबार बिहान जनकपुरमा संघीय प्रेस फोरमले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयता, पहिचान, गणतन्त्र र मधेस विरोधी तत्वहरुलाई मधेसवादी शक्ति मिलेर परास्त गर्नु पर्ने बताउनुभयो ।
यादवले मधेस आन्दोलनमा राज्यले बुलेट (गोली)ले मधेसी जनतामाथि दमन गरेकाले त्यसको जवाफ चुनावमा गएर आफूले व्यालेटले दिइसकेको र दोश्रो चरणको चुनावमा पनि बुलेटको जवाफ व्यालेटले दिने उहाँले बताउनुभयो ।
दमनको कडा जवाफ र मधेस विरोधी तत्वहरुलाई परास्त गर्न राजपा लगायत सम्पूर्ण मधेशवादीदलहरु एक भएर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाई थियो ।
संघीय तहको संख्या वृध्दि र संविधान संशोधन गर्ने प्रतिवद्धता सरकारले देखाएकोले पनि आफू पहिलो चरणको चुनावमा सहभागी भएको र दोश्रो चरणको चुनावभन्दा पहिले संविधान संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । उहँले दोश्रो चरणको चुनावमा मधेसी शक्तिहरुले साँझा उम्मेद्वार खडा गरेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।
एकै पटकको संशोधनबाट मधेशको सबै समस्या समाधान नहुने भन्दै अध्यक्ष यादवले पूर्ण संशोधनका लागि संघर्ष जारी राख्नु पर्ने विचार व्यक्त गर्नुभयो । संयुक्त लोकतान्त्रिक मधेशीमोर्चाको विषयमा उहाँले केहि बोल्न मान्नु भएन ।
@Ujyaaloonline
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology