• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मानवसेवा आश्रमलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

मानवसेवा आश्रमलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा


समायोजन खबर
  • आइतबार, असोज १२ २०७६

  • केपी शर्मा ओली

    समायोजन खबर भक्तपुर,

    प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट  एक करोड सहयोगको घोषणा गर्नुभएको छ । भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्यका कामका लागि हुने गरी सो रकम सहयोग गरिने जनाउनुभयो ।

     

    निःस्वार्थ र समाजसेवी भावनाले सो संस्थमा आबद्धको अभियानबाट आफू प्रभावित भएकाले सरकार र स्थानीय तहले यस्तो अभियानमा सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले नेपाललाई चाँडै सडक बेसहारा र सडक बालबालिकामुक्त देश घोषणा गर्न सरकारी र मानवीय मन भएका सबैको पहल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकको समृद्धि केवल आर्थिक समृद्धि मात्र होइन, हामी मन र सभ्यताको समृद्धिको तहमा पनि पुग्नुपर्छ ।

     

    केही नगरी केवल हल्ला र विरोध गरेर हिँड्नुको साटो यस्तै समाजसेवामा लाग्नु धेरै उचित हुनेछ ।” मकवानपुरमा मुख्यालय रहेको सो संस्थाले मुलुकका विभिन्न १४ स्थानमा यस्तै आश्रममा गरी करीब ८०० बेसहारालाई पालनपोषण गर्दै आएको छ ।

    २०७६ असोज १२ गते राती ९ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology