समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थानीयले खेलमैदान निर्माणका लागि प्रदेश सरकार समक्ष माग गरेका छन् । प्रदेशसभा सांसद रामकुमार राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको अगुवाईमा गएको टोलीले बिहिबार मूख्यमन्त्री शेरधन राईलाई भेटेर लफ्याङको छिवामा निर्माणाधिन खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि सहयोगको माग राखेका हुन् । अघिल्लो दिन सामाजिक विकास मन्त्री जिवन घिमिरे समक्ष सहयोगको प्रस्ताव पेश गरेको टोलीले दोश्रो दिन मूख्यामन्त्री समक्ष सहयोगको याचना गरेका हुन् ।
१२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको बाँकी काम पूरा गर्नका आर्थिक अभाव भएकाले प्रदेश सरकारलाई गुहार्न बिराटनगर पुगेको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । लफ्याङमा दर्शक बस्ने स्टेडियम सहितको खेलमैदान बनाउनका लागि हाल डिपिआरको काम भइरहेको छ । आरसिसि कन्सल्ट प्रालिले तीन महिनामा पूरा गर्नेगरी खेलमैदानको डिपिआरको काम थालेको वडाध्यक्ष राईले बताए । स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण सुरु गरिएको हो । वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा गत जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ ।
खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युतको व्यवस्था, बस, कार तथा मोटरबाईक पार्किङ स्थल, गेष्ट रुम, च्याञ्जिङ रुम, वेटिङ रुम सहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारा लगायतको संरचना निर्माण गर्नेगरी डिपिआरको काम थालिएको वडाध्यक्ष राईले बताए । खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि स्थानीय अगुवा राजेन्द्र राईको अध्यक्षतामा ७ सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन गरेर काम अघि बढाइसकिएको छ ।
वडा कार्यालयको आग्रहमा स्थानीय जग्गादाता पञ्चसेर राईले ९ रोपनी, सर्वजित राईले ५ रोपनी र हर्कराज राईले ३ रोपनी जग्गा वडाको नाममा निशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण सुरु गरिएको हो । यस्तै, बालाचन्द्र राईले पनि ७ रोपनी जग्गा प्रदान गरेका छन् । खेल मैदानका लागि वडाकै विभिन्न स्थानमा निशुल्क जग्गा जुटाउनेक्रममा छिवाका स्थानीय जग्गा दिन तयार भएपछि मकैको बिरुवा हुर्कँदै गरेको बारीमा खेलमैदान निर्माण सुरु गरिएको थियो । दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने भएकाले खेलमैदानबाट साकेला गाउँपालिकाका खेलाडी समेत लाभान्वित हुने निर्माण उपभोक्ता समितिले दावी छ ।
निशुल्क जग्गा उपलव्ध गराएकामा जग्गदाताकै बाजे रणजितमानको नामबाट खेलमैदानको नामाकरण गरिएको हो ।
यो पनि पढ्नुहोस
खेलमैदान निर्माणमा आर्थिक सहयोगका लागि मागपत्र पेश
२०७६ असोज १० गते अपरान्ह ४ : २१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology