• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्ग अवरुद्ध


समायोजन खबर
  • बुधबार, असोज १ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    बीपी राजमार्गको विभिन्न ठाउँमा ढुंगामाटोसहितको लेदोे खसेपछि बाटो अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिकाको नार्के, माङ्पी, साङ, फेदी लगायतका खहरे खोलाबाट ढुंगामाटोसहितको लेदोे बाटोमा खसेपछि गाडी चल्न नसकेको हो ।


    यस्तै पशुपति रोडा ढुंगा उद्योग अन्तर्गत मनकामना उद्योगबाट आएको ढुंगा माटो मिसिएको लेदो बाटोमा खसेपछि रोशी गाउँपालिका वडा नम्बर–९ मंगलटारबाट पूर्वपट्टि गाडी चल्न नसकेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले बताउनुभयो ।

    अहिले बाटोमा खसेको लेदो हटाउने प्रयास भैरहेको उहाँले बताउनुभयो । गाडी नचल्दा पूर्वका लागि छुटेका र पूर्वबाट काठमाण्डौका लागि छुटेका गाडी बीच बाटोमै रोकिएका छन् । यस्तै, अरनिको राजमार्गको ५२ किलोमा लेदो खसेपछि मेलम्ची जाने बाटो पनि बन्द भएको छ ।
    २०७६ असोज १ गते बिहान ११ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology