• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ट्याक्टर व्यवसायी संघ पुर्नगठन, अध्यक्षमा कट्वाल

ट्याक्टर व्यवसायी संघ पुर्नगठन, अध्यक्षमा कट्वाल


समायोजन खबर
  • मंगलबार, भाद्र १० २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    जिल्लामा ट्याक्टर व्यवसायी संघ पुःर्नगठन गरिएको छ । किर्तीबहादुर कट्वालको अध्यक्षतामा नौ सदस्यीय समिति पुःर्नगठन गरिएको हो । संघको उपाध्यक्षमा सिताराम राई, सचिवमा धनञ्जय राई, सह–सचिवमा बिनुका राई र कोषाध्यक्षमा हेलकुमार राई चयन भएका छन् । यस्तै, होमराज थापा, मनबिक्रम खड्का, सुदिप ढकाल र प्रतापसिं राई सदस्य चयन भएका छन् ।

    जिल्लाका ट्याक्टर व्यवसायीले नदी तथा खोलाजन्य पदार्थको मुल्य पनि निर्धारण गरेको छ । ट्याक्टर व्यवसायीले नदीको बालुवा प्रतिट्याक्टर १३ हजार, खोलाको बालुवा प्रतिट्याक्टर नौ हजार, कालो गिटी प्रतिट्याक्टर १० हजार, मिक्स गिटी प्रतिट्याक्टर नौ हजार, कालो ढुंगा प्रतिट्याक्टर चार हजार र मिक्स ढुंगा प्रतिट्याक्टर ३५ हजारमा सेवाग्राहीलाई उपलव्ध गराउनेगरी मूल्या तोकिएको ट्याक्टर व्यवसायीले बताएका छन् ।

    यस्तै, दिक्तेलबजार क्षेत्रमा सामान ढुवानी गरेवापत दुई हजार, एक दिनको ट्याक्टर भाडा १० हजा र एक महिनाको ट्याक्टर भाडा एक लाख २० हजार निर्धारण गरिएको ट्याक्टर व्यवसायी संघका उपाध्यक्ष सिताराम राईले बताए ।
    २०७६ भदौ १० गते राती ८ : १५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology