समायोजन खबर काठमाडौ,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राई विप्लव समूहबाट केही महिना अघि नेकपा प्रवेश गरेका हुन् । यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो । नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ ।
साथै आजको बैठकमा कार्यकर्तासम्मलाई पार्टी र नेताको बिषयमा सार्वजनिक आलोचनामा प्रतिवन्ध लगाएको छ । सचिवालय बैठकले पार्टी नेता कार्यकर्ता आफूभित्रकै नेता कार्यकर्तामाथि जाइलाग्न थालेको निश्कर्षसहित सार्वजनिक टिकाटिप्पणीमा प्रतिबन्ध लगाएको हो ।
‘हाम्रो पार्टीको नेतादेखि तल्लो तहका कार्यकर्तासम्मका कमरेडहरुको पार्टीका नेता वा कार्यकर्ताको बारेमा कुनै कुरा ब्यक्तिगत रुपमा उठाउनु परेमा पार्टी्िभत्र प्रक्रियासम्मत ढंगले उठाउनु पर्नेछ । यसलाई सार्वजनिक रुपमा गएमा स्पष्टिकरण प्रक्रिया अगाडि बढाउँदै कार्वाही गर्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
आजको बैठकले निर्देशिकासहित अर्को बैठकबाट प्रवास कमिटीको निर्णय लिने सहमति गरेको छ । यस्तै बरिष्ठ नेता झलनाथ खनाल प्रमुख रहेको नीति अध्ययन प्रतिष्ठानको उपप्रमुखमा प्रमेश हमाललाई तोकेको छ । यस्तै बिदेश बिभागको उपप्रमुखमा बिष्णु रिजाललाई थप गरेको छ । बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
२०७६ भदौ ९ गते साँझ ५ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology