चिसाङ शेर्पा खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा भएको भुस्याहा कुकुरको व्यवस्थापन गर्ने जनाएको छ । पछिल्लो समयमा भुस्याहा कुकुरका कारण साँझमा नै बजारमा आवतजावत गर्न डरमर्दो हुन थालेपछि नगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापन गर्ने योजना बनाएको हो ।
प्रत्येक महिनाको २ गते गरिदै आएको सुशासनका लागि मिट द प्रेसमा दिक्तेबजारमा भएका भुस्याहा कुकुरलाई मंगलबारबाट नै व्यवस्थापनमा लागिने नगर प्रमुख दिपनारायण रिजालले बताए । साँझ पर्ने वितिक्कै भुस्याहा कुकुरको जमात हुने र एक्लै हिडेका मानिस टोक्नलाई आक्रमण गर्नेसम्मका घट्ना हुन थालेपछि भुस्याहा कुकुर व्यवस्थापन गर्नैपर्ने स्थिती आएको हो ।

मानव जनजीवनसँग महत्व राख्ने भुस्याहा कुकुर व्यवस्थापनमा नगरवासी तथा कुकुर धनीहरुले आफ्नो कुकुरलाई बेल्ट तथा घरैमा राखेर भुस्याहा कुकुर नियन्त्रणमा सहयोग गर्न नगरले आव्हान गरेको छ । रातको समयमा चोकचोकमा भेला भएका भुस्याहा कुकुरहरुले कराए वातावरण विथोल्ने तथा मोटरबाईक र मानिसलाई सामूहिक रुपमा आक्रमण गर्ने गरेको छ ।
यस्तै, नगरपालिकाले दिक्तेलबजारमा अस्तव्यस्त रहेको पार्किङलाई व्यवस्थापन गर्ने जनाएको छ । सोल्मामा बसपार्क र हाँटडाँडामा जीपपार्क हुनु र सडक राम्रो हुंदा पनि जथाभावि पार्किङ गर्नेलाई कारवाही गर्ने भएको छ । भदौ महिनामा पार्किङलाई व्यवस्थापन गरेर असोज २ गते हुने सुशासनका लागि मिट द प्रेसमा त्यसको प्रगती सुनाईने नगर प्रमुख रिजालले प्रतिबद्धता गरे । आचार्यटोलमा रहेको बसपार्कमा जाने सडक सोलिङ भएकाले उक्त सडकमा केही समयका लागि ठूला सवारी साधन चलाउन रोक लगाइएको छ । यसैगरी, दिक्तेलबजारमा यत्रतत्र थुपारिएका निर्माण सामग्री व्यवस्थापनमा नगरपालिका कडाइका साथ लाग्ने जनाईएको छ ।
२०७६ भदौ २ गते साँझ ५ :५७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology