समायोजन खबर खोटाङ
सानै उमेरमा गायनवाट चर्चा कमाउन सफल खोटाङकी वाल प्रतिभा कन्चन राईको पहिलो गीत तथा भिडियो सार्वजनिक भएको छ । ऐसेलुखर्क गाउँपालिका–२वाकाचोलकी १२ बर्षिया गायिका राईको मेरो ‘प्यारो वावा, मेरी प्यारी आमा..’ वोलको गीत तथा भिडियो विहिवार सार्वजनिक भएको हो ।

जादुमयी गायकी कला वोकेकी प्रतिभा कन्चनको गीत तथा भिडियो ‘चिण्डो च्यानल’ युट्युवमार्फत सार्वजानिक गरिएको छ । प्रमोद श्रेष्ठको शब्द, पदम थुलुङ राईको संगीत तथा एरेन्जमा रहेको गीतलाई समाजसेवी दिनेश राईले निर्माण गरिदिनुभएको हो । सानै उमेरमा राम्रो कला र गला पाईएकोले उनको प्रतिभाको कदर स्वरुप गीत निर्माणका लागि सौजन्य गरेको राईको भनाई छ । समाजसेवी राईका अनुसार साना उमेरका प्रतिभाहरुका लागि लगानी तथा अवसर दिनु भनेको नै भविश्यमा राम्रो कलाकार प्राप्त गर्नु हो ।

कन्चनको प्रतिभा उजागारका लागि स्वयम संगीतकार थुलुङ, गीतकार श्रेष्ठ, ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक तथा रेकर्डिष्ट मनि ताम्लिङ लगायतले समेत वातावरण बनाईदिएको अभिभावकको भनाई छ । राम्ररी मुख नलाग्दादेखि नै गीत गाउन थालेकी कन्चनलाई गायिका नै वनाउने वुवा गुणराज राईको भनाई छ । छोरीको प्रतिभालाई मर्न नदिई निरन्तर साधनाका लागि अवसर दिने वुवा गुणराज सुनाउनुहुन्छ ।
कन्चनको गायकी नेपाली संगीतवजारमा राम्ररी विक्न सक्ने गुणस्तरको भएको गीतसंगीतकर्मीहरु सुनाउँछन् । ९ कक्षामा अध्ययनरत कन्चन १ बर्षअघिदेखि दिक्तेलवजारस्थित साईनो कला केन्द्रमा संगीतको साधनमा व्यस्त रहेको साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । श्रेष्ठका अनुसार प्रतिभावन कन्जन भविष्यको एक नक्षेत्र हुन् ।
भिडियो
२०७६ साउन २३ गते साँझ ५ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology