समायोजन खबर खोटाङ,
खोटाङको त्रि–धार्मिकस्थल हलेसी र जयरामबीचको सडकमा खसेको पहिरो पन्छाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटे, ढंठेखोला लगायतका स्थानमा खसेको पहिरो पन्छाएपछि हलुका सवारी साधन आवत–जावत गर्न थालेको छ । हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो जेसिभि प्रयोग गरेर सडक अवरोध हटाएको हो ।

पहिरो पन्छाइए पनि ठूला ढुंगा खसेकाले बस भने वारपार गर्न सकेको छैन । जयराममा अलपत्र परेका दर्शनार्थी एबं यात्रुलाई ध्यानमा राखेर सुमो वारपार हुनेगरी पहिरो पन्छाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । हलेसी र दिक्तेलबीचको बर्खेटारमा खसेको पहिरो पनि शुक्रबार पन्छाइएको छ ।
२०७६ साउन १० गते राती ८ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology