• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सामसुङको ग्यालेक्सी ए८० बजारमा

सामसुङको ग्यालेक्सी ए८० बजारमा


समायोजन खबर
  • बिहिबार, साउन ९ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    सामसुङले नयाँ ग्यालेक्सी ए८० स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । यो फोनमार्फत नयाँ सेल्फीको जमानाबाट ’इरा अफ लाइभ’मा पुगेको कम्पनीले दाबी गरेको छ । यसमा फुलस्क्रिन डिस्प्ले, रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट ब्याट्रीजस्ता सुविधा रहेको कम्पनीको भनाइ छ । कम्पनीकाअनुसार यसमा भएको रोटेटिङ्ग क्यामराले प्रयोगकर्तालाई आफू वरिपरिको संसारलाई सहजै कैद गर्ने अवसर प्रदान गर्दछ ।

     

    जब क्यामरामा भएको एप फोटो खिच्नको लागि प्रयोग गरिन्छ, तब फोनको पछाडि भएका तीनैवटा क्यामरा स्वतः पप–अप भई रोटेट हुन्छन् । ४८ मेगापिक्सलको मुख्य क्यामराले दिनमा वा रातमा स्पष्ट एवं सफा फोटो खिच्न सकिने पनि कम्पनीको दाबी छ । यसको थ्रिडी डेप्थ क्यामराले लाइभ फोकस गरी कुनै पनि वस्तुको गहिराइ मापन गर्न सक्दछ । यसमा प्रयोग भएको अल्ट्रा वाइड एङ्गल लेन्सले मानव आँखाले जस्तो देख्न सक्छ त्यस्तै क्यामरामा कैद गर्न सक्दछ ।


    यसमा भएको सुपर स्टडी भिडियो मोडले नहल्लिएको, सहज, प्रोलेभल एक्सन भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी स्केन अप्टिमाइजरले ३० भन्दा बढी दृश्यलाई पहिचान गरी फोटो खिच्नुभन्दा अगाडि जानकारी प्रदान गर्दछ । साथै फ्लो डिटेक्सनले फोटो खिच्दा भएका त्रुटिहरुलाई स्वतः पहिचान गरी फोटो खिच्नु पहिले संशोधन गर्ने जानकारी समेत प्रदान गर्ने कम्पनीले बताएको छ । यसमा तीन हजार सात सय एमएएचको ब्याट्री लाग्दछ र यो २५ वाट सुपर फास्ट चार्जिङ्ग क्षमताले लामो समयसम्म आबद्ध हुने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएको एक्टिभ पावर सेभले ब्याट्रीलाई स्मार्ट तरिकाबाट बचत गरी फोनको कार्यसम्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।

    यसमा चिपसेटदेखि सफ्टवेरसम्मलाई सुरक्षा प्रदान गर्ने सामसुङको डेफिनेस ग्रेड सुरक्षा प्रणाली सामसुङ केनोक्स जडित छ जसले ए८०को कनेक्सनलाई सुरक्षित बनाई चलाउने स्वतन्त्रता प्रदान गर्दछ । यो स्मार्टफोन तीनवटा रंगमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा ७९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ ।
    २०७६ साउन ९ गते बिहान ८ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology