• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लोकसेवाको परिक्षा बिथोल्न खोज्ने चार जना पक्राउ

लोकसेवाको परिक्षा बिथोल्न खोज्ने चार जना पक्राउ


समायोजन खबर
  • शनिबार, साउन ४ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङमा लोकसेवा आयोगको परिक्षामा अवरोध पु-याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परिक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पु-याएको भन्दै प्रहरीले नेपाल आदिबासी जनजाती महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो । दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परिक्षा विथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले बताए । ‘परिक्षा केन्द्रमा प्रवेश गरेर परिक्षा विथोल्न खोजेकाले पक्राउ गरिएको हो,’ प्रजिअ उपाध्यायले भने, ‘हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएको छ ।’


    संविधानमा व्यवस्था समावेसी र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तरगत परिक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष हात्तीराम राईले बताए । उनीहरुलाई हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको जनाइएको छ । संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाती महासंघ एबं आदिबासी जनजाती संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश बन्द गरेको जनाएको छ । उनीहरुले आव्हान गरेको बन्दका कारण जिल्लामा यातायात सेवा प्रभावित भएको छ ।
    २०७६ साउन ४ गते बिहाढ १० :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology