• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानको क्योटोमा रहेको एनिमेशन स्टुडियोमा आगजनी २३ जनाको ज्यान गयो

जापानको क्योटोमा रहेको एनिमेशन स्टुडियोमा आगजनी २३ जनाको ज्यान गयो


समायोजन खबर
  • बिहिबार, साउन २ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परि कम्तीमा २३ जनाको ज्यान गएको छ । क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवन गराइएको आगजनीमा २३ जनाको ज्यान गएको हो ।

    क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ । क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य ३६ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । जापानी सञ्चार माध्यमहरुका अनुसार आगजनी भएको बेला स्टुडियोभित्र झण्डै ७० जना थिए ।

     

    स्थानीय समयअनुसार बिहान साढे १० बजे स्टुडियोमा आगो लागेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी तथा दमकल आएको थियो । ४८ ओटा दमकलको सहयोगमा आगो निभाइरहेको छ । सन् १९८१ मा स्थापना भएको क्याटो एनिमेशनले एनिमेशन र एनिमेटेड उपन्यास, कमिक्स तथा पुस्तक प्रकाशन गर्दै आएको छ । क्योटो एनिमेशनले ‘के–अन’ र ‘हारुही सुजुमिया’ जस्ता लोकप्रिय टीभी सिरिज पनि बनाएको छ ।
    २०७६ साउन २ गते दिउँसो ३ :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology