• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरोमा आमाछोराको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त

पहिरोमा आमाछोराको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त


समायोजन खबर
  • बिहिबार, साउन २ २०७६

  • समायोजन खबर खोटाङ,
    जिल्ला समन्वय समिति खोटाङले पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ । गत असार २७ गते बिहान घरभन्दा माथिबाट खसेको पहिरोले घर पुर्दा खोटेहाङ गाउँपालिका–३ सावाकहटरेकी रेखा राई, उनका ३ वर्षका छोरा रोमन राई र ७ महिनाका छोरा रोजन राईको मृत्यु भएको घट्नाप्रति समन्वय समितिले दुःख व्यक्त गरेको हो । जिल्ला समन्वय समित खोटाङका प्रमुख बबी चाम्लिङले मंगलबार साँझ प्रेस विज्ञाप्ती जारी गर्दै परिवार तथा आफन्तजनमा धैर्य धारणको कामना गरेका छन् । विज्ञाप्तीमा पहिरोले पुर्दा घाईते भएका रेखाकी श्रीमान बिष्णु राईको स्वास्थ्य लाभको कामना गरिएको छ ।


    समन्वय समितिले विपत्तीको समयमा आवश्यक खोज तथा उद्धार गरी राहत वितरणमा खटिएका स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, संघसंस्था तथा नागरिक समाजलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विपद न्यूनीकरणका उपाय अलवम्बन गर्न र सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । असार २३ गते बेलुका देखि परेको वर्षाका कारण जिल्लामा ठूलो मात्रामा धनजनको क्षती भएको छ ।
    २०७६ साउन २ गते दिउँसो २ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology