• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सप्तरीमा २० घर बगे, प्रहरी चौकी समेत विस्थापित

सप्तरीमा २० घर बगे, प्रहरी चौकी समेत विस्थापित


समायोजन खबर
  • शनिबार, असार २८ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर सप्तरी,
    अबिरल वर्षाका कारण सप्तरी जिल्लाका अधिकांस ठाउँ डुबानमा परेका छन् । बिभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजले जिल्लाभरिका एक हजार घर डुबानमा परी जोखिममा रहेको जनाएको छ । प्रहरी निरीक्षक रिता पौडेलले हालसम्म जिल्लामा कुनै मानवीय क्षति नभएको जानकारी दिइन् ।

    खड्ग खोलाको बाढीले बिसनपुर स्वर्णपट्टी सडकमा क्षति र्पुयाएको छ । खड्ग नगरपालिका ८ स्थित बिसनपुर सडकखण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध छ । यो सडक केही दिनअघि मात्रै निर्माण गरिएको थियो ।

    महनौरी गाउँका २० घर बगे

    बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० वटा घर बगाएको छ । घर बगाएपछि सर्वसाधारण अर्काको घरमा बस्न बाध्य भएका छन् । हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ । यहाँका करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य भएका छन् । यही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित बनेका छन् ।

    प्रहरी पनि विस्थापित
    वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन् । यहाँका प्रहरी सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ । खाँडो खोलाको बाँध बिभिन्न ठाउँमा भत्किँदा तिलाठी कोइलाडी गाउँपालिकाका अधिकांस वडामा पानी पसेको छ । खाँडो खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ तिलाठीका करिब ४ सय परिवारको घर डुबानमा परेको छ । यो गाउँपालिकाको सकधरपुरा र बेल्ही गाउँमा पनि खाँडो नदीको बाढी पस्दा घरहरु डुबानमा परेका छन् ।

     

    पानीको निकास नहुँदा सदरमुकाम राजविराज नगरपालिकाका घरमा समेत पानी पसेको छ । वडा नम्बर २ का अधिकांस व्यक्तिको घर जलमग्न छन् । मुख्य सडकहरु पानीले भरिएका छन् । खड्ग र पाँचु खोलामा आएको बाढीले डाक्नेश्वरी नगरपालिकाका अधिकांस ठाउँ डुबानमा परेका छन् । यो नगरपालिकाको प्रमुख बजार पातो पूर्ण रुपले जलमग्न छ भने औरही, तरही, भुतहीसहितका गाउँका घर पनि डुबानमा परेका छन् ।

    अबिरल वर्षाको कारण त्रियुगा खोलामा आएको बाढी वस्तीमा पसेको छ । उक्त बाढी सप्तकोसी नगरपालिका ३ स्थित दलित वस्तीमा पस्दा ३५ परिवार जोखिममा परेका छन् । सोही नगरपालिकाको वडा नम्बर ७ स्थित चौधरी बस्तीमा समेत बाढी पस्दा २५ परिवार जोखिममा छन् । यो नगरपालिकाको केन्द्र फत्तेपुर पनि डुबानमा परेको छ । फत्तेपुरस्थित त्रियुगा खोलाको हेडबाँध पारुहाङ चोक क्षेत्रका करिब सय घरमा बाढी पसेको छ । बलान र बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिका र बलान(बिहुल गाउँपालिकामा पानी पसेको छ ।

    २०७६ असार २८ गते मध्यान्ह १ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology