• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरोले घर पुर्दा दुई जनाको मृत्यु

पहिरोले घर पुर्दा दुई जनाको मृत्यु


समायोजन खबर
  • शुक्रबार, असार २७ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर काभ्रे,
    अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् । स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उहाँकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए । घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिए ।

     

    घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण चौँरीदेउराली–४ मजुवामा आज बिहान पहिरोले तीन घरमा क्षति पु¥याएको छ । स्थानीयवासी दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमा पहिरोले क्षति पु¥याएको पीडित गौतमले जानकारी दिए । उनका अनुसार बिहानको समयमा पहिरोले क्षति घरमा पुर्दा पनि मानवीय क्षति भने भएको छैन । पहिरोले मजुवामै रहेको कुशल कृषि उत्पादक समूहद्वारा सञ्चालित बाख्रापालन फार्ममा क्षति पुगेको सोही स्थानका लिलानाथ गौतमले बताए । उनका अनुसार मजुवाका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिँदा बस्तीनै जोखिममा पर्ने सम्भावना छ ।

    अविरल वर्षाका कारण सडकमा लेदो जम्दा आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कटुञ्जेको सडक अवरुद्ध भएको छ । प्रहरी उपरीक्षक सापकोटाका अनुसार खोसापी–ढुङ्खर्क सडकखण्डको केही स्थानमा पहिरो तथा सडक भत्कँदा यातायात अवरुद्ध भएको छ । पहिरोका कारण कोलाँती–मुलाबारी–गुराँसे सडक अवरुद्ध भएको स्थानीयवासी विष्णप्रसाद चौलागाईंले जानकारी दिए । अविरल वर्षाका कारण बनेपास्थित पुलबजारस्थित सडक आज बिहानदेखि डुबानमा पर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । ठूला सवारीसाधन मुस्किलले डुबान सडक पार गरिरहेका छन् भने हलुका तथा दुईपाङ्ग्रे सवारीसाधन बाटोमै रोकिएका छन् । रासस
    २०७६ असार २७ गते अपरान्ह ३ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology