• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यती एयरलाइन्सको विमान अवतरणका क्रममा चिप्लियो

यती एयरलाइन्सको विमान अवतरणका क्रममा चिप्लियो


समायोजन खबर
  • शुक्रबार, असार २७ २०७६

  • समायोजन खबर काठमाडौं,
    यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज आज बिहान धावनमार्गमा चिप्लिएको हो ।

    दुर्घटना हुँदा २ जना यात्रु घाइते भएका छन् । अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर जहाज घाँसेचौरको १५ मिटर पर पुगेको थियो । जहाजमा चालक दलका ४ र यात्रु ६६ गरी ७० जना थिए । त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलका अनुसार सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ । जहाजका कारण विभिन्न गन्तव्यबाट आएका विमान नेपाली आकासमै होल्डमा परेका छन् ।
    २०७६ असार २७ गते दिउँसो २ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology