समायोजन खबर खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चौथो बर्थिङ सेन्टर स्थापना गरिएको छ । गर्भवती तथा सुत्केरी महिला एबं नवजात शिशुको जीवन रक्षाका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । स्वास्थ्य चौकी टेम्मामा स्थापना गरिएको बर्थिङ सेन्टर सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उदघाटन गरेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको ७ वडामध्ये यसअघि डाँडागाउँ, याम्खा र सप्तेश्वरछितापोखरीमा बर्थिङ सेन्टर स्थापना भइसकेको छ ।

हरेक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने निती अनुशार सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि टेम्मामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् । ‘यो गाउँपालिकाको चौथो बर्थिङ सेन्टर हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिने छ ।’
२०७६ असार ३ गते साँझ ७ :२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology