समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत आज दोस्रो तथा अन्तिम सेमिफाइनल खेल हुँदैछ । किर्तिपुरस्थित मैदानमा हुने आजको खेलमा नेपाल पुलिस क्ल्ब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । आजको विजेता टोलीले उपाधिका लागि आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि हिजो भएको खेलबाट विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई १ सय १७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको ३ सय १० रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो ।
२०७६ जेठ २३ गते बिहान ९ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology