समायोजन खबर खोटाङ,
खोटाङका एकल महिला, अशक्त र अतिगरिब १३ परिवारको आवास तयार भएको छ । हेल्भेटास नेपाल र मल्टीस्किल तथा इन्भाइरन्मेन्ट डेभलपमेन्ट प्रालि काठ्माण्डौंको साझेदारीमा सञ्चालित पुःर्ननिर्माणका लागि सीप कार्यक्रम अन्तरगत सञ्चालित ५० दिने डकर्मी तालिमकाक्रममा हलेसी तुवाचुङ नगरपालिकामा ५ घर र रावाबेँसी गाउँपालिकामा ८ घर तयार भएको हो । डकर्मी तालिममा सहभागीलाई प्राक्टिकल अभ्यास गराउनेक्रममा एकल महिला, अशक्त र अतिगरिब परिवारको भूकम्प प्रतिरोधी घर तयार भएको मल्टी स्किल तथा इन्भाइरन्मेन्ट डेभलपमेन्ट प्रालिका खोटाङ कोअर्डिनेटर केशव पन्थीले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी एकल महिला नैनाकुमारी राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयांखुकी एकल महिला कुमारी परियार र राधा कट्वाल खत्री, हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले महादेवबेँसीकी एकल महिला हर्कसरी राई र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी एकल महिला हस्तमायाँ मगरको घर निर्माण गरिएको हो ।
यस्तै, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीकी एकल महिला पञ्चकुमारी बिक र अतिविपन्न दुर्गाबहादुर मगर, रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरमटारकी एकल महिला देशहिरा राई र अतिविपन्न भेषराज श्रेष्ठ, रावाबेँसी गाउँपालिका–२ खार्पाकी अतिविपन्न बिना तामाङ र खडक नेपाली, रावाबेँसी गाउँपालिका–६ हौंचुरकी एकल महिला शुभद्रीमायाँ कार्की र हिरामायाँ दर्जीको घर तयार भएको छ ।

डकर्मी तालिममा सहभागीले अभ्यास गर्नेक्रममा घरको पर्खाल ठड्याएको र छाना हाल्नका लागि प्रतिपरिवार २०/२० हजार प्रदान गरिएको कोअर्डिनेटर पन्थीले बताए । शुभद्रीमायाँ, हिरामायाँ र देशहिरा पुःर्ननिर्माण प्राधिकरणको अतिविपन्न परिवारको सूचीमा रहेको आधारमा उनीहरुको घर निर्माण गरिएको हो । अन्य अशक्त र एकल महिलाको घर भने वडा कार्यालयको सिफारिसमा तयार पारिएको पन्थीले बताए । २०७६ जेठ १७ गते बिहान १० : ४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology