चिसाङ शेर्पा खोटाङ,
किरात राई विधार्थी संघको ऐतिहासिक नवौं राष्ट्रिय सम्मेलन खोटाङको दिक्तेलमा सुरु भएको छ । ‘पहिचान र सङघीय शिक्षा प्रणाली लागू गरौँ, किराँत स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित बिहीबारबाट तीन दिने सम्मेलन दिक्तेलको हेलिप्याडमा सुरु भएको हो ।
पूर्वी नेपालको १४ जिल्ला तथा उपत्यकाभित्रका तीन जिल्लाका प्रतिनिधि/पर्यवेक्षकको उपस्थितीमा दिक्तेलको रत्नपार्क–त्रिवेणीचोक हुंदै स्थानीय हेलिप्याडसम्म विभिन्न तुल, व्यानर, ‘बहुभाषिक विधालय स्थापना गर’ लगायत लेखिएका प्लेकार्ड सहित कार्यक्रम स्थलसम्म -याली निकालिएको थियो । सम्मलेनको किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले तीन चुल्होमा भार बनाई राखिएको कठुवाको पानी माटोको घ्याम्पोमा लगाएर तथा निर्माण गरिएको चुल्होमा आगो बालेर उद्घाटन गरेका छन् ।
सम्मेलनमा जिल्ला अन्तरगतका क्याम्पस, मावि लगायतका शैक्षिक संस्थाहरुबाट करीब पाँच सय प्रतिनिधि, पर्यवेक्षक उपस्थित हुने भनिए पनि करीव ३ सय ५० जना प्रतिनिधि, पर्यवेक्षक आएका आयोजकले जनाएको छ । सम्मलेनमा उपस्थिती भने निरासाजनक रहेको छ । कार्यक्रमका वक्ताहरुले विधार्थीहरुको संघ भएकाले राजनीति भन्दा पनि विधार्थीको हकहितका निम्ति काम गर्न सुझाव दिएका छन् ।
सम्मलेनको बन्द सत्र सोल्मास्थित शुभद्रा–मदन फाउण्डेशनमा हुनेछ । अघिल्लो सम्मेलनहरुमा जस्तै यो पटक पनि वरिष्ठताकै आधारमा सर्बसम्मत नयाँ नेतृत्व चयन हुने किरात राई विधार्थी संघका केन्द्रीय अध्यक्ष बिर्सिका राईले बताईन् । 
२०७६ बैशाख २६ गते साँझ ५ :२८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology