• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस नेता राणा भन्छन्, ‘राजाभन्दा घमण्डी प्रधानमन्त्री’

कांग्रेस नेता राणा भन्छन्, ‘राजाभन्दा घमण्डी प्रधानमन्त्री’


समायोजन खबर
  • बुधबार, बैशाख २५ २०७६

  • समायोजन खबर खोटाङ,
    नेपाली कांग्रेस नेता उदय शम्सेर राणाले वर्तमान प्रधानमन्त्री राजाभन्दा अहम र घमण्डी देखिएको बताएका छन् । खोटाङमा बुधबार कांग्रेसको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै कांग्रेस नेता राणाले वर्तमान प्रधानमन्त्री ओली राजाभन्दा अधिनायकवादी बनेको आरोप लगाएका हुन् । ‘राजा बिरेन्द्रमा पनि केपी ओलीको अहम र घमण्ड थिएन, राजा महेन्द्रमा पनि यो किसिमको अहम र घमण्ड थिएन,’ राणाले भने, ‘मंगलबार त्यो किसिमको घमण्ड लिएर संसदमा बोलियो । तिमी विपक्षी दल केही होईन, मैले जे भनेँ–भनेँ भन्ने दम्भ देखाइयो ।’ नेता राणाले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा कांग्रेस मात्र नभएर दुनियाँ हाँसेको बताए ।

    केन्द्रिय प्रतिनिधिकारुपमा खोटाङ आएका राणाले सरकारले बुढीगण्डकीको काम बिना प्रतिष्पर्धा चिनिया कम्पनीलाई दिएको, ३३ केजी सुन सामसुम पारिएको, वाईडबडीमा भएको अनियमिततामा संलग्नलाई संरक्षण गरिएको बताए । ‘जुन कम्पनीले नेपालकै विभिन्न योजना डुबाईसकेको छ, त्यही कम्पनीलाई बिना प्रतिष्पर्धा बुढी गण्डकीको काम जिम्मा लगाइएको छ, वाईडबडीमा उस्तै समस्या छ,’ पुर्वअर्थ राज्यमन्त्री राणाले भने, ‘३३ किलो सुन कता हरायो ? जनताबाट उठेको कुरालाई सरकारले हाउसमा पनि अत्यान्त हल्का किमिसले लिएको छ ।’


    नेता राणाले कांग्रेसको नेतृत्वमा मुलुकमा संबिधान निर्माण, स्थानीय तहको निर्वाचन लगायतका ऐतिहासिक काम भए पनि जनतालाई बुझाउन नसकिएको बताए । ‘कम्यूनिष्टले पित्तललाई सुन बनाएर बेचिरहेको छ, तर कांग्रेसले सुनलाई बेच्न सकेको छैन,’ राणाले भने, ‘कांग्रेसले आफुले गरेका राम्रो कामको प्रचार गर्न सकेन । गुट–उपगुटका समस्या मात्र पव्लिकमा पु-याइयो ।’ कार्यक्रममा कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्य सरस्वती बजिमय, पार्टी सभापति नरशे कुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।


    यस्तै, राष्ट्रिय जागरण अभियान उद्घाटन सत्रमा पाँच जना कांग्रेसमा आएका छन् । साविक सङघीय समाजवादी फोरम खोटाङका जिल्ला सदस्य भीम केशर राई, सङघीयकै नेता कैलाश राई र नेकपाका गोपीमाया आचार्य, सिताराम दर्जी तथा सोम मगर कांग्रेसमा प्रवेश गरेका हुन् ।
    २०७६ बैशाख २५ गते साँझ ६ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology