चिसाङ शेर्पा खोटाङ,
प्रतिनिधिसभाकी सदस्य हिरा गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रम रामायण, कृष्ण चरित्र र भगवान गीताजस्तै लम्बेतामको देखिएको बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम बोल्दै सदस्य गुरुङले काण्डै काण्डले रुमलिएको सरकारले ल्याएको नीति तथा कार्यक्रम रामायण, कृष्ण चरित्र र भगवान गीताजस्तै लम्बेतामको देखिएको र जसको एकवर्षमा कार्यान्वयन संम्भव नभएको उनले जिकिर गरीन् ।
सरकारको नीति तथा कार्यक्रम कुनै धारावाहिक सिरियल जस्तै भएको । आज राम्रो सिरियल हे¥र्यो भोली कस्तो आउछ भन्ने दर्शकमा भ्रम परे झै नीति तथा कार्यक्रम पनि जनतालाई भ्रममा पार्ने कार्यक्रम भएको बताईन् । १० वर्षीय द्धन्दकालमा कती मानिस मारिए ? उनले भनिन्, १७ हजार मानिस मारिए खै त्यस्ता मानिस लागि नीति तथा कार्यक्रम ल्याएको । खै यो सरकारले सोचेको, ति पीडितहरु आज कहाँ छन् ? के गर्दै छन् ? तिनको अवस्था कस्तो छ । र, यो राज्यले द्धन्द पीडित, विस्थापित, घाइतेहरुको समस्यालाई नीति तथा कार्यक्रममा सरकारले राख्न पर्छ कि पदैन ? उनले थपिन् ‘शहिदहरुको मुल्याङकन गरी यो राज्यले शहिद परिवारलाई उचित व्यवस्था नीति तथा कार्यक्रममा अटाउनुपर्छ ।’
सरकारको नीति तथा कार्यक्रम रोजगारी सिर्जनामा उदासिनता छ । कुरा ठूलोठूलो खै त जनतालाई रोजगार ? के छ रोजगारी, युवालाई रोजगारी दिने भनेको छ । खाडी राष्ट्रमा सम्झौता गरेर रेमिट्यान्सका लागि युवाजती खाडी राष्ट्र पठाईएको छ । उनले सरकारसँग प्रश्न गरिन, ति युवाहरुलाई रोक्ने नयाँ कार्यक्रम ल्याउनु प-र्यो नि नेपालमा ? राष्ट्रपतिले सम्बोधन गरेको मेरो सरकारको प्रसंगलाई लिएर सदस्य गुरुङले तपाईको सरकार कि सवैको सरकार भनेर राष्ट्रपतिलाई प्रश्न गरिन । सरकार सवैको भएको सदस्य गुरुङले बताएकी छिन् । राष्ट्रपतिको सम्बोधनलाई प्रतिपक्षले विरोध नगरी सच्चिन समय दिएको बताईन् ।
२०७६ बैशाख २३ गते राती ९ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology