• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पोखरीमा डुबेर १५ बर्षीय किशोरको मृत्यु

पोखरीमा डुबेर १५ बर्षीय किशोरको मृत्यु


समायोजन खबर
  • आइतबार, बैशाख २२ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर भद्रपुर,

    झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईंको मृत्यु भएको छ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

    छ साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो । मृतकका बुवा भानु प्रसाईं मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी हुनुहुन्छ ।

    समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन् । निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वन हेरालु खाना खान गएको बेला दुर्घटना भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
    २०७६ बैशाख २२ गते अपरान्ह ३:०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology