• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साफ १८ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिप नेपालमा हुने

साफ १८ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिप नेपालमा हुने


समायोजन खबर
  • मंगलबार, बैशाख १७ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,
    साफ १८ वर्ष मुनिको फुटबल च्याम्पियनसिप नेपालमा हुने भएको छ । काठमाडौंमा आज बसेको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाले साफ १८ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिप नेपालमा आयोजना गर्न दिने सहितको कार्यतालिका पारित गरेको छ । प्रतियोगिता यसै वर्षको सेप्टेम्बर २० देखी २९ सम्म काठमाडौंमा हुनेछ ।

    बैठकले यस वर्षका लागि उमेर समुहका तीन प्रतियोगिता आयोनजा गर्ने निर्णय गरेको छ । पुरुषको साफ १५ वर्ष मुनिको च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा र महिलाको साफ १५ वर्ष मुनिको च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बंगलादेश मध्य एक देशलाई दिने निर्णय भएको छ । महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने कार्यतालिकामा समावेश छ ।
    २०७६ बैशाख १७ गते साँझ ६ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology