• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग

बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग


चिसाङ शेर्पा
  • सोमबार, बैशाख १६ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    बैदेशिक रोजगारीको क्रममा बहराईनमा ज्यान गुमाएका राई परिवारलाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको सिलसिलामा ६ महिना अघि ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा टारीका घमण्ड बहादुर राईको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
    प्रेसर हाईका कारण गत कात्तिक ५ गते बहराईनमा ज्यान गुमाएका राईको श्रीमती वालकुमारी राईलाई आईतबार दिक्तेलस्थित हाँटडाँडामा ८० हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको किरात राई यायोक्खा खोटाङका सदस्य किसन कुमार राईले बताए । किरात राई यायोक्खा बहराईनले जम्मा गरेको रकम यायोक्खा खोटाङका निवर्तमान अध्यक्ष प्रश्नराज राईले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । ज्यान गुमाएका राईको २ छोरा र एक श्रीमती छन् ।
    २०७६ बैशाख १६ गते दिउँसो २ :१३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology