• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज १६ खेल हुंदै

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज १६ खेल हुंदै


समायोजन खबर
  • सोमबार, बैशाख ९ २०७६

  • समायोजन खबर नेपालगञ्ज,
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज १६ खेल हुंदैछ । आज एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ छ । पुरुष महिलाको म्याराथनसँगै ४ सय मिटर हडर्स, ८ सय मिटर दौडको फाईनल र ४ बाई सय मिटरको महिला पुरुषको फाईनल खेल हुनेछ ।

    भैरहवाको ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दोका खेल हुनेछन् भने दाङको तुल्सीपुरस्थित कराँतेहलमा कराँतेको खेल सञ्चाल हुनेछन् । यस्तै नेपालगञ्जको नगरभवनको हलमा भारोत्तोलनका अन्तिम दिनका खेलहरु हुनेछन् भने बाँकेको खजुरा भलिवल एकेडेमीमा महिला र पुरुष भलिवलका खेलले निरन्तरता पाउनेछन् । नेपालगञ्ज कभर्डहल परिसरमा उसु, ह्यान्डबलका खेल हुनेछ । नेपालगञ्जकै महेन्द्र रंगशालामा आईटिएफ तेक्वान्दो र सुटिङरेञ्जमा सुटिङका खेल हुनेछन् ।

    नेपालगञ्जस्थित जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछन् । यस्तै बुटबलमा सफ्ट टेनिसमा हुदाँ कोहलपुर, लमही र रुपन्देहीमा क्रिकेटका खेल हुनेछन् । बर्दियामा सेपाकताक्रोको सेमिफाईनलका खेल हुनेछन् । बर्दियामै खोखोका बाँकी खेल सञ्चालन गरिदाँ नेपालगञ्जमा पौडी र पोखरामा प्याराग्लाईडिङका बाँकी खेल चल्नेछन् ।
    २०७६ बैशाख ९ गते बिहान ९ :०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology