• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निजगढ गोल्डकप फुटबलको पाँचौ संस्करण चैत्र २३ गतेदेखि हुने

निजगढ गोल्डकप फुटबलको पाँचौ संस्करण चैत्र २३ गतेदेखि हुने


समायोजन खबर
  • आइतबार, चैत्र १७ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर बारा,
    निजगढ गोल्डकप फुटबल प्रतियोगिता चैत्र २३ गतेदेखि हुने भएको छ । आयोजक निजगढ युवा क्लवले आगामी चैत्र २३ देखि ३० गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, चितवन, सर्लाही र महोत्तरीका ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

     

    आयोजक निजगढ युवा क्लव, साविक बिजेता बारा ११, नव जनजागृति युवा क्लव बारा, बिरगञ्ज युनाईटेड फुटबल क्लव बिरगञ्ज, कमाने फुटबल एकेडेमी मकवानपुर, हर्दिया युवा समाज चितवन, सर्लाही ११ र महोत्तरी ११ ले प्रतियोगितामा भाग लिने जनाइएको छ । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने समितिका सह संयोजक जयराम कुमरले जानकारी दिनुभयो । प्रतियोगिताभर प्रत्येक खेलको म्यान अफ द म्याच र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा पुरस्कार प्रदान गरिनेछ । खेल निजगढ वडा नम्बर ४ स्थित पुरानो निजगढको कछाडीया खेल मैदानमा हुनेछ ।
    २०७५ चैत्र १७ गते बिहान ९ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology